रोडिजको तेस्रो सिजन भदौ २८ बाट, कँहा कँहा अडिसन हुदैछ हेर्नुहोस

appharu
0
Shares

काठमाण्डौं । हिमालय रोडिजको तेस्रो सिजन भदौ २८ गतेबाट सुरु हुनेछ ।

यस वर्ष ५ शहरमा अडिसन हुने रोडिजको भदौ २८ गते धरान, भदौ ३१ गते चितवन, असोज ३ गते नेपालगञ्ज, असोज ६ गते पोखरा र असोज ९ गते काठमाडौंमा हुने बताइएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै तेस्रो सिजनको बारेमा जानकारी दिइएको हो ।

हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको एड्भेन्चर रियालिटी शो हिमालय रोडिजले यस अघि दुई सिजन सफलता पूर्वक समापन गरिसकेको छ ।

युवा पुस्तामा यस रियालिटी शोले आफ्नो गतिलो छाप छोडेको छ । यस रियालिटी शो यस वर्ष पनि हिमालय टेलिभिजनबाट नै प्रशारण हुने छ ।

सिजन ३ मा नयाँ चुनौती, नयाँ ढाँचा, नयाँ अनुहार एवं नयाँ शैलीको खेल हुने निर्देशक अमनप्रताप अधिकारीले बताउनुभयो ।

पहिलो र दोस्रो सिजनमा तीन जना जज थिए । तर, यस सिजनमा भने चार जना टिम लिडर रहेका छन् । पहिलो र दोस्रो सिजनमा जज बनेका रेमनदाश श्रेष्ठ यस सिजनमा होस्ट बन्नेछन् ।

ग्याङ लिडरमा भने दुई सिजनका जज आशिस राना ‘लाउरे’ र दीया मास्के रहेका छन् । ग्याङ लिडरमा पहिलो सिजनका विजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाही थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?