धनगढी, १९ पुस । मध्य पश्चिम तथा सुदुर पश्चिमको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले धनगढी–४ मा उत्तर बेहडीस्थित प्रसिद्ध धार्मिक स्थल शिवपुरी उत्तररामेश्वर धाममा पुजापाठ गरेका छन् उनले धाममा रहेको १ सय ८ फिट अग्लो शिवलिङ्ग, नेपाल आमाको मुर्ती लगायतमा पुजा गरेका हुन् पूर्वराजा आउने खबर पाएपछि स्थानीयहरुको ठूलो भीड लागेको थियो । पूर्व राजा आउने जानकारीपछि धनगढीमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो धनगढीबाट उनी बुधबार नै नेपालगञ्ज आउने र बिहीबार डोटीको प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी दर्शनका लागि जाने कार्यक्रम छ प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सकिएपछि पूर्वराजा दम्पत्ति मध्य तथा सुदुर पश्चिमको भ्रमणमा रहेका छन् । पूर्वराजा दम्पत्तिलाई नेपालगञ्जस्थित सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया