भारतसँग युद्धको खतरा बढ्दै गयो: इमरान खान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामिलामा भारतको कडा विरोध गरेका छन् । जम्मु–कश्मीरलाई संविधानको धारा ३७० हटाएपछि संसारभरबाट आएको दबाबका वावजुद् आफ्नै कार्यलयमा बुधबार न्युयोर्क टाइमलाई अन्तरवार्ता दिँदै उनले भारतको विरोध गरेका हुन् ।

उनले भनेका छन्, ‘अबदेखि म भारतको कुनै कुरा गर्दिन किनकी वार्ताका लागि कुनै विषय नै छैन ।’ इमरानले भने, ‘वार्ताका लागि मैले भयभरको प्रयास गरिसकेको छु, जब पछाडि फर्केर हेर्दा हेर्छु, लाग्छ, वार्ताको कोसिश गरिहरेका बेला भारतले वास्ता गरेन, अब बार्ताको प्रशंग नै आउँदैन ।’

कश्मीरको अवस्था खराब हुने दावी गर्दै इमरानले भारत सरकारले कश्मीरको एक समुदायलाई खतम गर्न लागिरहेको बताए । उनले भने, ‘कश्मीरमा टाढाका मानिसले लथालिङ्ग बनाएका छन् । कश्मीरमा रहने करिब ८० लाख जनताको जीवन खतरामा छ । त्यहाँको अवस्था यस्तो छ की त्यहाँका जनतालाई अन्तिम संस्कारमा पनि भाग लिन दिइएको छैन । म चाहन्छु, दवै मुलुकमा अमनचयन कायम होस् । तर मेरो प्रयासलाई भारतले केही जनता खुशी पार्न प्रयोग गरेको छ ।’

दुई परमाणुक्त मुलुकबीच युद्धको खतरा बढ्दै गएको उनको भनाइ छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई फासिवादी र हिन्दुवादीको अरोप लगाउँदै उनले मुश्लीम बाहुल्य क्षेत्रलाई परिवर्तन गरेर हिन्दु बाहुल्य क्षेत्र बनाउन प्रयास भइरहेको बताए । यसले कश्मीरमा तनाव बढाउने उनले चिन्ता व्यक्त गरे । आणविक हतियारयुक्त दुई देशका अवस्थाबारे विश्वले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?