अबदेखि शिक्षक हुन दुईवटा परीक्षा दिनुपर्ने

काठमाडौं । अबदेखि शिक्षक हुनका लागि दुईवटा परीक्षा दिनुपर्ने भएको छ । सामान्य परीक्षामा उत्तीर्ण भएकाले मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउनेछन् । मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावलीको १० औँ संशोधन गर्दै एक सय पूर्णाङ्कको सामान्य परीक्षा र एक सय पूर्णाङ्कको विषयगत परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सामान्य परीक्षा वस्तुगत हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि नयाँ व्यवस्था गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?