शैयदले तोडे २० वर्ष आनन्दको किर्तिमान !

काठमाडौं । आनन्द लेप्चाले राखेको २० बर्ष पुरानो राष्ट्रिय किर्तिमानलाई तोड्दै शैयद हम्जा शाहले नयाँ राष्ट्रिय किर्तिमान बनाउनुभएको छ । मित्र राष्ट्र हङ्गेरीको राजधानी बुढापेष्टमा भईरहेको ७ औं फिना बिश्व जुनियर पौडी च्याम्पियनसिप २०१९ मा हम्जाले १०० मिटर बटरफ्लाईमा १ मिनट १.२२ सेकेन्ड समयका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेको नेपाल पौडी संघले जनाएको छ । यस अघि आनन्द लेप्चाले १९८९ मा पाकिस्तानमा आयोजना भएको चौथौ दक्षिण एशियाली खेलकुदमा १ मिनट ३.४३को किर्तिमान राखेका थियो ।

यस्तै सोही च्याम्पियनसिपमा अदिप्सा बैद्यले पनि आफ्नो नाममा नयाँ किर्तिमान लेखाएकी छिन् । उनले १०० मि. ब्रेष्ट स्ट्रोकमा टिशा शाक्यले बनाएको १ मि. २५.८२ सेकेन्डको समयलाई पछि पार्दै १ मि. २३.८९ सेकेन्डमा साथ बैद्यले आफ्नो नाममा नयाँ किर्तिमान लेखाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?