लेवान्डोस्कीको ह्याट्रिकमा वायर्नको शानदार जीत

एजेन्सी । वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा पहिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा शाल्केलाई ३-० गोल अन्तरले पराजित गर्दै वायर्नले पहिलो जित निकालेको हो ।

शाल्केको मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की नायक बने । उनले शाल्केविरुद्ध ह्याट्रिक गरे ।

खेलको २० औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै लेवान्डोस्कीले वायर्नलाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत तेस्रो गोलसहित ह्याट्रिक पुरा गर्दै वायर्नलाई ३-० को जित दिलाए ।

यस्तै शाल्केविरुद्धको खेलमा मैदान उत्रदै मिडफिल्डर फिलिपे कौटिन्होले क्लबमा डेब्यु गरेका छन् । बार्सिलोनाबाट एक सिजनका लागि लोनमा आएका कौटिन्होले डेब्यु खेलमै जित समेत हात पारे ।

जितसँगै वायर्नले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा वायर्न बराबरीमा रोकिएको थियो । शाल्केको यो पहिलो हार हो । शाल्केको १ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?