पीएसजी नेयमारको स्थानमा जाहा ल्याउने तयारीमा

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इन्ग्लिश क्लब क्रिस्टल प्यालेसका विल्फ्रिड जाहालाई अनुबन्ध गर्न तयारी थालेको छ ।

स्टार फरवार्ड नेयमारले क्लब छाड्ने तयारी गरेसँगै पीएसजीको उनको स्थानमा जाहा ल्याउने तयारी थालेको हो । पीएसजीले जाहा अनुबन्धको लागि आफ्ना प्रतिनिधिलाई लण्डन पठाएको मिरर अनलाईनले जनाएको छ ।

पीएसजीले आइभरी कोस्टका २६ वर्षे जाहाको लागि १०० मिलियन पाउण्ड खर्चने बताईएको छ । युरोपियन ट्रान्सफर विन्डो सकिन एक साता बाँकी रहदा पीएसजीले जाहा अनुबन्धको तयारी गरेको हो ।

ब्राजिलियन फरवार्ड नेयमार अनुबन्धको लागि पछिल्लो समय दुई स्पेन क्लब बार्सिलोना र रियल मड्रिड लागिपरेका छन् । यस्तै इटालियन क्लब युभेन्ट्सले पनि इच्छा देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?