खोला तर्ने क्रममा लडेर ७५ वर्षीय वृद्धाको मृत्यु

काठमाडौं । बागलुङ नगरपालिका-८ सिगानाको गुवाखोला तर्ने क्रममा शनिबार एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको काठेखोला गाउँपालिका-२ भिमपोखरा घर भएकी ७५ वर्षीय अछि गिरीको गुवाखोला तर्ने क्रममा लडेर मृत्यु भएको हो ।

गिरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका-९ तित्याङ माइतबाट भिमपोखरा तर्फ जादै गर्दा सिगानामा खोला तर्ने क्रममा उनी घाइते भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?