सुनको मुल्यले पुन: रेकर्ड तोड्यो, आइतबार हालसम्मकै उच्च !

एकै दिन १२ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मुल्य प्रतितोला १२ सय रुपैयाँले बढेर हालसम्मकै महँगो भएको हो ।

आज सुन प्रतितोलाको ७२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ८ सय ५० रुपैयाँ पुगेको छ ।

विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले नेपालमा पनि त्यसको प्रभाव देखिएको महासंघले जनाएको छ । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?