रविलाई भेटेपछि दिपाश्रीले यसो भनिन्

काठमाडौं । कलाकारहरूले रवि लामिछाने हिरासतबाट नेता भएर निस्कने बताएका छन् ।

आतबार बिहान संचारकर्मी रवि लामिछाने र युवराज कँडेललाई भेटेर बाहिरिएपछि कलाकारहरू दिपाश्री निराैला, दीपकराज गिरी र केदार घिमिरे (माग्ने बुढा) ले अब रवि पत्रकार भन्दा पनि नेता भएर निस्किने बताएका हुन् ।

रविसँग भेट गरेर बाहिर निस्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कलाकार दिपाश्रीले अब रवि नेता भएर निस्कने बताउनुभयो। उहाँले भन्नुभयो, ‘आज यस्तो पब्लिक रवि दाईसँग छ रवि दाईले काम गरेकाे हुनाले आज हामीले एउटा नेता जन्माउँदै छौँ’, ।

उहाँले आजको सुनुवाइले नेपाली जनतालाई खुसी दिने पनि बताउनुभयो ।

फिल्म निर्देशकसमेत रहनुभएकी निराैलाले रविले नेपाली जनतालाई सुखको सास फेराउने पनि बताउनुभयो ।

रविका समर्थकालाई भेडाको संज्ञा दिनेहरूलाई जनता भेडा नभएको पनि उहाँको भनाइ छ । उहाँले भने, ‘जनता भेडा होइन, परिवर्तशिलकारी हो ।’ आफू कुनै पार्टीको नभएको र न्यायको लागि चितवन आएको बताउनुभयो ।

‘हामीलाई राज्यले हेर्ला कि नहेर्ला तर रविजी त छ नि जसले हामीलाई हेर्नुहुन्छ ।’ उहाँले भने, ‘रवि जी पत्रकार हुनुहुन्थ्यो, सञ्चारकर्मी हुनुहन्थ्यो अब उहाँ नेता बनेर निस्कनुहुने छ, अब यो जनताले पनि माग्यो, कथाले पनि माग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?