बलिवुडका सुपरस्टार अमिताभ बच्चनले गरे आफ्नो बारेमा ‘खतरनाक खुलासा’

एजेन्सी । बलिवुडका सुपरस्टार अमिताभ बच्चनले आफ्नो कलेजोले २५ प्रतिशत मात्र काम गरिरहेको खुलासा गर्नुभएको छ । सन् २००० मा अभिनेता बच्चनलाई क्षयरोग भएको पत्ता लागेको थियो । तर, त्यतिबेला अमिताभको शरीरमा क्षयरोगले स्थान पाएको ८ वर्ष भइसकेको थियो । मुम्बईमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘म क्षयरोगबाट ग्रसित मान्छे हँु’ । उहाँले कार्यक्रममा आफू ‘हेपटाइटिस्’बाट समेत ग्रसित भएको बताउनुभयो । ‘मलाई यस्तो कुराहरु सार्वजनिक रुपमा भन्न कुनै समस्या छैन’, उहाँले भन्नुभयो ‘मेरो कलेजोले ७५ प्रतिशत काम गर्न छोडिसकेको छ, बस म बाँकी रहेको २५ प्रतिशत कलेजोमा अझै बाँचिरहेको छुँ ।’

आफूलाई रोग लागेको समयमा नै थाहा भएर निदान गर्न सहज भएको अमिताभको भनाई छ ।

कार्यक्रममा उहाँले सबैले स्वास्थ्य जाँच गरिराख्नुपर्नेमा जोड दिनुभयो । रोग पत्ता नलोगेसम्म कुनै हालतमा रोगको निदान गर्न नसकिने उल्लेख गर्दै उहाँले सरकारले यसको बारेमा व्यापक जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?