आत्महत्या दुरुत्साहनको ऐन संशोधन हुनुपर्छ: मह जोडी

काठमाडौं । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) ले आत्महत्या दुरुत्साहनको ऐन संशोधन हुनुपर्ने माग गर्नुभएको छ ।

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको न्यायको पक्षमा साथ दिन सोमबार अपरान्ह चितवन पुगेका मह जोडीले आत्महत्या दुरुत्साहनको ऐन संशोधन हुनुपर्ने माग गर्नुभएको हो ।

सुसाइट कमजोर मनस्थिति भएको व्यक्तिले गर्ने भएकोले त्यसको बयान र नोटको आधारमा कसैलाई दोषी भन्न नमिल्ने उहाँहरुको भनाई छ ।

यस बिषयमा सम्पूर्ण अनुसन्धान गरेर दोषी हो होइन क्लियर भएपछि मात्र समात्नुपर्नेमा उहाँहरुको जोड छ ।

पत्रकारसँग बाेल्ने क्रममा हरिबंशले भने – ‘सिंहदरवार भित्र कसैले काेटको खल्तीमा ठूलो मान्छेको नाम लिएर आत्महत्या गरे त्यो ठूलो मान्छेलाई समाउने कि नसमाउने ? त्यसैले यो ऐन संशोधन हुनुपर्छ ।’

यसैबीच

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा हुनुभएको छ । पत्रकार युवराज कँडेल ३ लाख धरौटि अस्मीतालाई साधारण तारेखमा रिहा गरिएको छ । 
जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको बुझिएको छ । यस्तै पत्रकार युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए । २० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको बताएपछि सोहि भिडियोलाई आधार मानी गत ३० साउनमा उनीहरुलाई काठमाडौंबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?