काठमाडौं– बाराको फेटा गाँउ कार्यपालिकाको कार्यालयमा कार्यरत लेखापाल जयसिंह राय थारू २५ हजार घुससहित पक्राउ परेका छन् ।
उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत सेवाग्राहीसँग पटकपटक घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडा मकवानपुरबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई रकम लिइसकेको अवस्थामा कलैयास्थित कलैया भान्साघरबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया