प्रतिनितिसभाको बैठक बस्दै, के–के हुँदैछ आज ?

काठमाडौं । संघीय सभा अन्तर्गतको प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको छ । यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ मा छलफल गर्न प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?