पेट्रोल र डिजेलबाट चल्ने गाडी तत्काल विस्थापन गर्न नसकिने अर्थमन्त्रीको भनाई

लोकपथ संवाददाता
0
Shares
अर्थमन्त्री डा युुवराज खतिवडा मंगलबार काठमाडौको भृकुुटीमण्डपमा नाडा अटो शो २०१९को उद्घाटन समारोहमा सम्बोधन गर्दै । तस्वीर: रासस

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालमा सवारी साधनको संख्या बढाउन नहुनेमा जोड दिनुभएको छ । आज मंगलबार बिहान ‘नाडा अटो शो’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले देशको आर्थिक विकासको लागि सवारी साधन आवश्यक भए पनि मात्रा भने धेरै बढाउन नहुनेमा जोड दिनुभयो । यस्तै उहाँले तत्कालै पेट्रोल र डिजेलबाट चल्ने गाडी विस्थापन गर्न नसकिने भए पनि विद्युतीय गाडीको उपयोगिता बढाउन आग्रह गर्नुभयो ।

सरकारले विद्युतीय गाडी आयातमा कर छुट दिएको तर केही ब्यापारीले ब्याट्रीबाट स्टार्ट हुने तर पेट्रोलले चल्ने गाडी ल्याएर करछुट माग्दै बदमासी गरेको मन्त्री खतिवडो भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?