बैवाहिक अंगीकृत नागरिकताको विषय झन पेचिलो बन्दै,सहमति अझै जुट्न सकेन

काठमाडौं । बैवाहिक अंगीकृत नागरिकताबारे सहमति जुटाउन बनेको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमिति असफल भएको छ । सांसद विजय सुब्बा संयोजकत्वको सममितिले बैबाहिक अंगितृकसँगै नागरिकता वितरण टोली खटाउने विषयमा सहमति जुटाउन नसकेको हो ।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ । उक्त बिधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नेपाली नागरिकता पाएको ६ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ । तर नेपाली महिलासँग विवाह गर्ने पुरुषबारे केही उल्लेख गरिएको छैन । संविधानअनुसार १५ वर्ष स्थायी बसोबास गरेको लगायतका प्रावधान पूरा गरे मात्र विदेशी ज्वाइँले अंगीकृत नागरिकता लिन सक्छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै कतिपय सांसदले नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले पनि नागरिकता पाउनुपर्ने तर्क गरेका छन् ।

यो सहित विधेयकका विवादित विषयहरुमा सहमति खोज्न सांसद सुब्बाको संयोजकत्वको बनेको उपसमितिले बैबाहिक अंगिकृतबारे सहमति जुटाउन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?