राप्रपा (संयुक्त) को निर्वाचन समिति गठन

काठमाडौं । राप्रपा (संयुक्त) ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी नेता धु्रवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

उक्त समितिले सङ्घीय, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका लागि तयारी गर्नाका साथै विभिन्न क्षेत्रका वस्तुगत अवस्था अध्ययन गरेर रणनीतिक कार्ययोजना तयार गर्नेछ ।

सो समितिमा ठाकुरप्रसाद शर्मा, श्याम तिमिल्सिना, भरतजङ्ग उप्रेती, बाबुराम बस्नेत, भरत पाठक, झलक प्याकुरेल र मीना शाहीलाई सदस्यको जिम्मेवारी दिइएको छ भने रामशरण पाठकलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

यसैगरी पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन ९संयुक्त० गठन गरिएको छ । केन्द्रीय कार्य सम्पादन समिति सदस्य ध्रुव रायमाझीको संयोजकत्वमा गठित १३ सदस्यीय समिति किसानको हक, हित, अधिकार, सेवा, सुविधा र सहुलियतमा केन्द्रीत रहनेछ ।

सङ्गठनको सदस्यमा इनु अधिकारी, तेज खरेल, बलबहादुर केसी, विष्णुप्रसाद पोखरेल, राजेश्वरराय यादव, राम आशिष पाण्डे, कृष्णविक्रम शाह, मातृका भुषाल, वसन्त अधिकारी, नवराज सिलवाल, नारायणबहादुर राउत, सुवास पण्डित हुनुहुन्छ ।

यसैबीच उक्त पार्टीले सघन रुपमा देशव्यापी प्रशिक्षण सञ्चालन शुरु गरेको छ । गत साउनमा काभ्रेको धुलिखेलमा सम्पन्न केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी प्रशिक्षक अहिले जिल्लास्तरीय प्रशिक्षणमा खटिएका छन् ।

भाद्र महीना भित्र सबै जिल्लामा प्रशिक्षण गरिने योजनाका साथ प्रशिक्षण अभियान शुरु गरिएको पार्टीले जनाएको छ । प्रशिक्षण विभागका प्रमुख एवं पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो राजतिनीक अवस्था , सङ्गठन निर्माण वर्ष २०७६ को कार्य योजना, सङ्गठन निर्माण र नेतृत्व विकास, सैद्धान्तिक पक्ष, सक्रिय सदस्यता वितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारी, सूचना प्रविधिका विषयमा प्रशिक्षण दिइने छ ।

आगामी असोज महीनामा भने स्थानीय तहमा प्रशिक्षण दिइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?