यातायात मन्त्री चढ्ने गाडीमा नै लाग्यो ट्राफिक प्रहरीको ‘ह्वील लक’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारवाहीमा परेको छ । बानेश्वरत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधानहरुमा ह्वील लक लगाउने क्रममा पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको महासेठ चढ्ने गरेको गाडी पनि बारबाहीमा परेको हो । मन्त्री महासेठको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडी पनि कारबाहीमा ट्राफिक प्रहरीको कारबाही मा परेको हो ।

पछि गाडी चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेर छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?