यस्तो छ प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्था ?

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको निजी सचिवालयले जनाएको छ । उपचारको लागि सिंगापुरमा रहनुभएको प्रधानमन्त्री ओलीको स्वाथ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

ओली पछिल्लोपटक साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किनुभएको थियो । फर्किएको डेढ सातामा समस्या बल्झिएपछि फेरि उहाँ सिंगापु्र जानुभएको हो ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले स्वास्थ्य परीक्षणलाई निकै महत्व दिँदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?