काठमाडौं – प्रतिनिधिसभाको चालु अधिवेशनले विवादित विधेयकहरुलाई एकपछि अर्को गर्दै पारित गर्न थालेको छ। दोस्रो र तेस्रो अधिवेशनमा विवादित बनेका कतिपय विधेयकसहित चालु चौथो अधिवेशनमा पेस भएका समेत १६ विधेयक प्रतिनिधिसभाको बैठकबाट पारित भइसकेका छन् भने बिहीबार बस्ने बैठकबाट थप दुई विधेयक पारित गर्ने तयारी छ।
पारित र पारित गर्न तयारीमा राखिएका विधेयकमध्ये केही अति विवादित छन्। तर सरकारको बलमा संसद्ले विवादित विधेयकलाई प्रक्रियामा अगाडि बढाएको छ। संसद्मा आउने बेलामै विवादमा आएका विधेयकलाई विरोधका कारण सरकारले तत्काल अघि बढाउन सकेको छैन भने भिन्न दफामा घुसपैठ गराएर ल्याएका विषय यतिबेला विवादित रुपमा बाहिर आउन थालेका छन्। तर, संसद्ले यसलाई सजिलै पारित गर्दै आएको छ।
भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक विवाद हुँदाहुँदै प्रतिनिधिसभाबाट भदौ ३ गते पारित भयो। यो विधेयकमा सुकुमबासीलाई फेरि एकपटक जग्गा वितरण गर्ने र दस वर्षपछि बिक्री गर्न पाउने व्यवस्था छ भने हदबन्दीभन्दा बढी जग्गा राखेका कम्पनीलाई एकपटक फेरि हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिने व्यवस्था छ। यो विषयले विवादको रुप लिएको छ। कानुन बनाएर नै कब्जा गरिएका जग्गालाई वैधानिकता दिने काम भएको भन्दै यसमा परिमार्जनको माग भएको छ। नागरिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया