ओलीको उपचार अवधि लम्बियो

appharu
0
Shares

काठमाडौं – शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडी निष्काशन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई लम्बिएको छ।

शरीरमा बढेको मिर्गौलासम्बन्धी एन्टिबडी नष्ट गर्न यो स्वास्थ्योपचार सुरु गरिएको हो। सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ।

प्रधानमन्त्री ओलीको उपचारअवधि लम्बिएपछि निजी चिकित्सक डा. दिव्यासिंह शाह स्वदेश फर्किएकी छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जानकारी गराउँदै मुख्य सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भनेका छन, ‘प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी छ।’ ओलीका निजी चिकित्सक प्रा.डा दिव्यासिंह शाहका अनुसार यो उपचार प्रक्रिया अर्कोसाता सम्ममा पुरा हुनेछ। अन्नपूर्णले खबर छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?