राजधानीमै एक किशोरीमाथि सामुहिक बलात्कार

काठमाडौं । काठमाडौंको कलंकीमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ भने अर्का एक फरार रहेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठ छन् ।

प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार उनीहरुले किशोरीलाई फकाएर कलंकीको पशुपति गेष्ट हाउस लागि बलात्कार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?