नेपाल एयरलाइन्सको पहिलो जापान उडान सफल

काठमाडौं । नेपाल एयरलाइन्सको पहिलो जापान उडान सफल भएको छ । काठमाडौंबाट १ सय ३४ जना यात्रुसहित उडेको जहाज जापानको ओशाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा सफलताका साथ अवतरण गरेको हो ।

निगमका अनुसार ८५ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी तथा निजी क्षेत्रका प्रतिनिधीको टोली पहिलो उडानमा सहभागी भएका छन् ।

नेपाल एयरलाइन्सको ए ३३०–२०० जहाजको यो पहिलो लामो दुरीको उडान हो । बिहीबार बिहान २ः३० मा राखिएको निगमको जहाज २ः३९ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको थियो ।
जापानबाट फर्कने ७० सिट पक्का भइसकेको निगमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?