रोनाल्डो, मेस्सी र डायक: कसको पोल्टामा वर्ष खेलाडी अवार्ड ?

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले आज युईएफए वर्ष खेलाडी अवार्ड प्रदान गर्दैछ ।

अवार्डको अन्तिम मनोनयनमा तीन खेलाडी रहेका छन् । जसमा बार्सिलोनाका लियोनल मेस्सी, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भिर्गिल भान डायक रहेका छन् ।

युईएफएले मनोनयन गरेको शीर्ष १० खेलाडीबाट अन्तिम प्रतिस्पर्धाका लागि मेस्सी, रोनाल्डो र डायकलाई छनोट गरेको हो ।

यस सिजन लिभरपुलका डिफेन्डर डायकलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । उनको उत्कृष्ट प्रदर्शनले लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो । यस्तै नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्राएका थिए ।

रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए । यस्तै युभेन्ट्सबाट इटालियन सिरी ुएु उपाधि जितेका थिए ।

मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए । यस्तै च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए । उनले युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

युईएफएले युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा वर्ष खेलाडी छनोट गर्नेछ ।

फ्रान्सको मोनाकोमा च्याम्पियन्स लिग ड्र को अवसरमा युईएफएले उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?