सेवाग्राहीसँग घुस खाने खरिदार अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा बुटवलबाट दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियारले मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई सवा लाख घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

उनिहरुलाई जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुस लिदाँ लिँदै नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुलाई घुस वापतको रकम लिइसकेको अवस्थामा मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवाको कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?