गृह मन्त्रालयले गर्‍यो एकैपटक ३१ जना सीडीओकाे सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले एकैपटक ३१ जना प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । बिहीबार मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो ।

काठमाडौंका प्रजिअ रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा हुनुभएको छ । उहाँको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आउनुभएको छ ।

यस्तै, ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर सरुवा हुनभएको छ भने उहाँको ठाउँमा धादिङका प्रजिअ भगिरथ पाण्डेयलाई ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?