झरनाबाट खसेर सैनिकको मृत्यु

appharu
0
Shares

लमजुङ । बेँसीशहर नगरपालिका–१ दलालको गाईखुरे झरनाबाट खसेर बिहिबार एक नेपाली सैनिकको मृत्यु भएको छ ।

दलालस्थित श्रीजङ् गणमा कार्यरत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भएका ३१ वर्षीय नेपाली सेनाका लेसनायक विजय श्रेष्ठको मृत्यु भएको हो ।

उक्त स्थानमा केही दिन अघि प्रथम क्यानोनिङ महोत्सव आयोजना गरिएको थियो । महोत्सवका कारण सो क्षेत्रमा भएको फोहरमैला सफाइ गर्न नेपाली सेनाको टोली त्यहाँ गएको हो । सरसफाइ गर्ने क्रममा श्रेष्ठ झरनाबाट खसेर घाइते भएका थिए ।

उनको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक वसन्त रानामगरले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?