‘आमा’ का लागि कपाल मुन्डन

appharu
0
Shares

काठमाडौं । चलचित्र ‘आमा’का लागि नायिका सुरक्षा पन्तले कपाल मुन्डन गर्नुभएको छ । सुरक्षाले चलचित्र कै सिनका लागि कपाल काटेको यो पहिलो पटक हो ।

चलचित्रको सिनमा कपाल काट्नु पर्ने भएपछि कपाल काटेको नायिका पन्तको भनाई छ । नेपाली चलचित्रमा वीरलै मात्र महिला कलाकारले कपाल काट्छन् । यसअघि नम्रता श्रेष्ठले पनि कपाल काट्नु भएको थियो ।

चलचित्र ‘आमा’ का निर्देशक दीपेन्द्र के खनालले सुरक्षासँगै मिथिला शर्मा, सरिता गिरी लगायतले चलचित्रका लागि विना सम्झौता कडा मेहनत गरिरहेको जानकारी दिनुभयो । चलचित्र फागुन ९ गतेबाट प्रदर्शन आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?