भद्रगोल बन्द हुनुको भित्री कुरा, अब के हुन्छ ?

पाँडे भन्छन्न : भद्रगोल नाम राखेर टेलिसिरियल निर्माण गर्न सक्छौं,न काम गरिरहेकै संस्थासंग काम गर्ने बाताबरण छ

appharu
0
Shares

काठमाण्डौं । चर्चित टेलिभिजन कार्यक्रम भद्रगोग अहिले आफै भद्रगोग अबस्थामा परेको छ । आर्थिक वर्ष समाप्त भएसंगै प्रसारण बन्द भएको कार्यक्रम अझैपनि प्रसारणमा आउन सकेको छैन ।
टेलिभिजन तथा उत्पादक संस्थासंगको सम्झौता नविकरणले प्रसारण रोकिएको भनिएपनि कार्यक्रम प्रसारण नहुनुको वास्तविक कारण पारिश्रमिक रहेको खुलेको छ ।

भद्रगोलका मुख्य कलाकार अर्जुज घिमिरे पाँडेले आफ्नो फेसबुक वालमा भद्रगोल रोकिनुको कारण भन्दै एक स्टाट्स पोष्ट गर्नुभएको छ ।

त्यहि स्टाट्सबाट पनि भद्रगोलको वास्तविक अबस्था पत्ता लगाउन सकिन्छ । पाँडेको स्टाट्स जस्ताको त्यस्तै…

भद्रगोल रोकिनुको कारण:

भद्रगोललाई अत्यन्तै माया गरि सल्लाह र सुझाव दिनुहुने देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण आदरणीय नेपाली तथा नेपालिभाषी दाजुभाई,दिदिबहिनी हरुमा सम्मान र नमन व्यक्त गर्दछौं ।
यहाँ सम्मको यात्रामा हामिलाई साथ दिनुहुने मिडिया हब प्रा ।लि ।,नेपाल टेलिभिजन ,सम्पुर्ण मिडिया हाउस,शुभचिन्तक ,बिज्ञापन दाताहरु,प्राबिधिकहरु, संचारकर्मीहरु,सुबास कार्की “बेलासे”सर,शंकर आचार्य “बरिस्टे”दाइ लगाएत सम्पुर्ण हरु प्रती कृतज्ञ छौँ ।

बिगत लामो समय देखि विभिन्न समस्याहरु तथा अबरोध का बिच पनि आफ्नो कर्मप्रती पुर्ण इमान्दार भएर भद्रगोल सिरियल मा काम गरिरहेका थियौं ।भद्रगोल उत्पादन गर्ने हाम्रो कम्पनी र प्रसारण गराउने एजेन्सी मिडिया हब बिचको सम्झौता २०७६ असार मसान्तबाट सकियलगत्तै भद्रगोल लाई निरन्तर सन्चालनमा ल्याउन हामिले विभिन्न चरणमा छलफल र परामर्श हरु गर्यौ।

दुर्भाग्यको कुरो भद्रगोलको नाम,डिजाइन ,लेखन,निर्माण,निर्देशन गर्ने हामी सर्जकहरु संग भद्रगोल नामको अधिकार छैन।एउटा सर्जकले सिर्जना गरेको सम्पुर्ण अधिकार सर्जकमै हुनुपर्छ भनेर हामिले निरन्तर पहल गर्यौ तर अधिकार पाउन सकेनौं ।एउटा सर्जकको हिसाबले सिर्जना गर्ने मान्छेलाई सबैभन्दा प्यारो आफ्नो सिर्जनानै हुन्छ होला।


भद्रगोल टेलिसिरियलबाट केही बर्षसम्म पनि पारिश्रमिक समेत नपाउदा पनि हामी भद्रगोलका सबै कलाकार देश र जनताको लागि उत्कृष्ट मनोरञ्जनका खुराकहरु पस्कनुपर्छ भन्ने भाबले निरन्तर मोटिभेट भैइ कर्म गरिरहेयौ।

पारिश्रमिक पाउने निर्णय भैइसकेपछी पनि समयमै पारिश्रमिक नपाउने,पारिश्रमिक उठाउनकै लागि टिलिसिरियल रोक्नुपर्ने जस्ता कठिन निर्णयहरु अबलम्बन गर्दापनी दिगो तरिकाले काम गर्ने बाताबरण देखियन।

हुन त हामी कलाकारको लागि पैसा भन्दापनी कला,दर्शकको माया सबैभन्दा ठुलो कुरा हो तर हामी कलाकारहरू पनि बाच्नुपर्छ ।यहि देशमा बसेर कलाप्रती पुर्ण रुपमा समर्पित भएर काम गरिरहदा आफ्नो भबिस्यप्रतिको चिन्तापनि थपिदै जादो रहेछ।

आजको दिनमा न हामिले भद्रगोल नाम राखेर टेलिसिरियल निर्माण गर्न सक्छौं,न काम गरिरहेकै संस्थासंग काम गर्ने बाताबरण छ।यो अबस्थामा हाम्रो टिमले के गर्दा ठिक हुन्छ ?भगवानरुपि दर्शक हरुको अमुल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?