काठमाडौँ। बहुचर्चित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ गते हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सो पाइपलाइनको उद्घाटन गर्नुहुनेछ ।
पाइपलाइनका परियोजनाका प्रमुख प्रदीपकुमार यादवले दुवै मुलुकका प्रधानमन्त्रीले भदौ २४ गते ‘हाइटेक’ प्रविधिबाट सो पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुहुने मिति तय भएको जानकारी दिनुभयो । उद्घाटनपछि उक्त पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुने जानकारीसमेत उहाँले दिनुभयो ।
प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासबाट र भारतीय समकक्षी मोदीले नयाँदिल्लीस्थित प्रधानमन्त्री निवास हैदरावाद हाउसबाट एकैसाथ रिमोट थिचेर पाइपलाइनको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ ।गाेरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया