सरकारी विज्ञापन एकद्वार प्रणालीबाट, विदेशी विज्ञापनको डबिङ गरेर प्रसारण गर्न नपाइने !

appharu
0
Shares


काठमाडौं -सरकारी विज्ञापनमा अब एकद्वार प्रणाली लागू हुने भएको छ। यस्तै, विदेशी विज्ञापनको डबिङ गरेर अब प्रसारण गर्न पाइने छैन।

संघीय संसदको दुबै सदनबाट पारित भएको विज्ञापन नियमन विधेयकअनुसार सरकार, मातहतका निकाय र संगठनहरुले आफैँले विज्ञापन तथा सूचना प्रकाशन गर्दै आइरहेकोमा अब एकद्वार प्रणाली लागू हुने भएको हो । अब लोक कल्याणकारी तथा अन्य विज्ञापन समेतमा एकद्वार प्रणाली लागू हुनेछ। विज्ञापन बोर्डमार्फत नै सबै विज्ञापनको रकम सरकारी निकायहरुले खर्च गर्नु पर्नेछ।
यस्तै विधेयकले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुमा विज्ञापनरहित (क्लिनफिड) प्रसारणका लागि एक वर्षको समय सेवा प्रदायकलाई दिएको छ। पहिलोपटक विज्ञापन नियमन तथा नीतिसम्बन्धी छुट्टै कानुन बनाइएको हो।_ तस्वीर गूगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?