रेशम चौधरीमाथि अन्याय भयो: मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि मुद्दा लगाउनु गलत भएको टिप्पणी गर्नुभएको छ ।

टीकापुर घटना राजनीतिक भएकोले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताउनुभएको छ । ७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्कनुभएको वैद्यले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताउनुभयो ।

थारु समुदाय सामन्तवाद, सुदूरपश्चिम र मधेसीको चेपुवामा परेको उहाँको को दाबी छ । टीकापुर घटनाको अर्को दिन थारु समुदायमाथि राज्यले निर्मम दमन गरेको भएपनि त्यसबारे कसैले नबोलेको क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?