निर्दयी बाबु: जसले आफ्नै १५ वर्षीय छोरीलाई कुटीकुटी मारे !

काठमाडौं । भनिन्छ बुवा मात्र एक त्यस्तो व्यक्ति हो जसले आफ्नो सन्तानको खुसीको लागि आफ्नो जीवन नै समर्पण गर्छन् । तर यस्ता निर्दयी बुवा पनि हुन्छन् । जसले आफ्नै सन्तानको हत्या गर्नसम्म पनि पछि पर्दैनन् । रुपन्देहीमा २१ वर्षअघि आफ्नै छोरीको हत्या गरि फरार भएका बुबा पक्राउ परेका छन्।
रुपन्देहीस्थित गैडहवा गाउँपालिका– ६ गुलरियाका ६३ वर्षे पूर्णवासी लोनिया २१ वर्षपछी आफ्नै छोरीको हत्या अभियोगमा पक्राउ परेका हुन्।

लोनियाले आजभन्दा २१ वर्ष अघि २०५४ सालमा घरायसी विवादका कारण आफ्नो १५ वर्षीया छोरी कान्ति लोनियाको कुटपिट गरि हत्या गरेका थिए । लोनियाले आफ्नै छोरीको हत्या गरेर घर नजिकैको घाटमा लगेर शवलाई पुरेका थिए। तर उनले गाउँघरमा भने छोरी हराएको बताएका थिए ।

स्थानीय महिलाहरु घाँस काट्ने जाने क्रममा करिब एक महिनापछि मानिसको कंकाल देखेको र उखुबारीमा कान्तिको कपडा देखेपछि कान्तिको हत्याबारे खुल्न आएको थियो । स्थानीयहरुले बुबा लोनियालाई छोरीको सनाखतको लागि बोलाउँदा उनी फरार भएका थिए।

फरार रहेका लोनियालाई २१ वर्षपछि प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ। पक्राउ परेका लोनियाले छोरीको हत्या आफुले नै गरेको स्विकार गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?