“सिधा कुरा जनतासँग” का प्रोड्यूसरको कार उपहार प्रकरण : डिपी अर्यालको यस्तो जवाफ

appharu
0
Shares


काठमाडौं । न्यूज १४ को लोकप्रिय कार्यक्रम “सिधा कुरा जनतासँग” का प्रोड्यूसर दिपक बोहोराले गाडी उपहार लिएको भन्दै सामाजिक सञ्जाल तथा केहि अनलाईनले लेखेको समाचार भाईरल हुन थालेपछि प्रोड्यूसर दिपक बोहोराले मुख खोल्नुपरेको छ |


हिजो केहि अनलाईन मिडियाले ‘ल्वाङ पनि नलिने सिधाकुराका पत्रकारलाई कार उपहार’ शिर्षकमा समाचार सम्प्रेषण गरेका कारण उहाँले त्यस विषय फेसबुक लाईभ आएर प्रष्ट पार्नुभएको हो । साथै उहाँलाई उपहार दिने डिपी अर्यालले फेसबुमा स्टाटस राख्दै कोहि कुनै पेशामा हुनुअघि उ कसैको आफन्त नाता पनि पर्छ । कपोकल्पीत समाचार लेखेर मानिसहरुलाई किन भ्रम छर्नु भन्ने आशयको स्टाटस लेख्नुभएको छ । प्रोड्यूसर बोहोराले त्यो स्टाटस सेयर गर्दै धन्यवाद लेख्नुभएको छ ।

केहि समय अघि उपहारको फोटो फेसबुकमा धन्यवाद राख्दै उहाँले लेख्नुभएको थियो “मलाई पनि भित्री आत्मादेखि माया र स्नेह गर्ने दाइहरु छन् । डिपी अर्याल दाइ जसले आफ्नो जीवनको पहिलो यती राम्रो गाडी दिनुभयो । यो गाडी म जीवनभर माया गरेर चलाउने छु । थ्याङ्क यू सो मच दाई ।”

दीपक बोहोरालाई व्यवसायीले कार उपहार दिएको विषयलाई लिएर पत्रकारिता क्षेत्रका दिग्गज मानिएकाहरुले समेत स्टाटस राख्नूभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?