रौतहटमा आगलागीमा परी २ जना घाइते

काठमाडौं । रौतहटको परोहामा खाना पकाउने क्रममा ग्याँस सिलिन्डर लिकेज भई आगलागी हुँदा २ जना घाइते भएका छन् ।
परोहा नगरपालिका-४ तेजापाकड बस्ने ४२ वर्षीय प्रेमचन्द्र साहको घरमा खाना पकाउने क्रममा सानो ग्याँस सिलिन्डर लिकेज भई बुधबार राति आगलागी भएको हो । आगलागीमा परी प्रेमचन्द्र साह र उनको छोरी २० वर्षीया प्रभा कुमारी साह घाइते भएका छन् ।

घाइते दुवैजनालाई उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?