ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा एक किशोर पक्राउ

काठमाडौं । प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बौद्ध महांकाल बस्ने सिन्धुपाल्चोक लिशंखु पाखर गाउँपालिका-१ घर भएका १९ वर्षीय मनोज लामा रहेका छन् ।

गत असार ३१ गते राति काठमाडौं महानगरपालिका-४ धुम्बाराही सुकेधारामा काठमाडौं हेपाली हाईट बस्ने मोरङ कानेपोखरी गाउँपालिका-६ घर भएका ३६ वर्षीय दिपक तामाङलाई टाउकोमा गहिरो चोट लागि बेहोस भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेको अभियोगमा मनोजलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?