गाई मारेको अभियोगमा एक युवक पक्राउ

काठमाडौं । गाई मारेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका-७ बागेश्‍वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरीलाई गाई मारेको अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका पुरीले फर्ममा रहेको ४ वटा गाईमध्ये १ वटा गाईलाई बिहीबार राति दाउराको चिर्पट र कोदालोले प्रहार गरेर मारेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२३ वटा गाई कसले मार्‍यो ? १ सय ५० भन्दा बढी घाइते भेटिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?