गाई मारेको आरोपमा एक जना पक्राउ

appharu
0
Shares

भक्तपुर । गाई मारेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । गाई फार्मभित्र पसेर गाई मारेको आरोपमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरी महादेवस्थानबाट २५ वर्षीय चिरन पुरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

खरिपाटी प्रहरी प्रभागको टोलीले उनलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी पुरीले गाईलाई दाउराको चिर्पट र कोदालोले हानेर मारेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?