किन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुँदैछ ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । विमानस्थलमा राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान तथा अवतरण सबै बन्द हुनेछन् ।

तर, नेपाल एयरलाइन्सको जापान उडानका लागि भने विमानस्थल खुलाइने छ । नेपाल एयरलाइन्स ओसाका उडिसकेपछि फेरि विमानस्थल बन्द गरेर मर्मतको काम गरिने छ । नेपाल एयरलाइन्सले मंगलबार, बिहीबार र शनिबार जापानको ओसाका उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

यसअघि पहिलो चरणअन्तर्गत गत चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा उडान रोकेर धावनमार्गको जिर्णोद्धार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?