आश्वासनले मात्रै देश समृद्ध बन्दैनः  नेता पौडेल

appharu
0
Shares

बैतडी–नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले केही पनि गर्न नसकेको आरोप लगाएका छन् ।
कांग्रेस बैतडी र जिपी कोइराला  बैतडीको आयोजनामा गोठलापानीमा  पाटी प्रवेश एवम् बृहद सास्कृतिक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि पौडेलले सरकार गठन भएको १८ महिना बितिसक्दा पनि नयाँ कामको शुरुवात नगरेको बताए ।
‘वर्तमान सरकार झुटा आश्वासन बाड्नमै सीमित छ ।’ उनले भने, ‘आश्वासन मात्रै बाँडेर देशमा समृद्धि आउँदैन। देशमा समृद्धि ल्याउनका लागि सरकारले काम पनि गर्नुपर्छ ।यो सरकारले अहिले सम्म एउटा काम पनि शुरु गर्न सकेको छैन।’
दुईतिहाईको वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागत रुपमा संरक्षण गर्न लागेको नेता पौडेलले आरोप लगाए ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएपनि वर्तमान सरकार प्रेसलाई नियन्त्रणमा राख्ने दाउमा लागेको उनले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई वर्तमान सरकारले नै कमजोर बनाएको नेता पौडेलले बताए ।
एक अर्को प्रसंगमा नेता पौडेलले देश बाहिरबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्नु संविधान विपरीत भएको बताए ।

सो क्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेलाई कांग्रेस केन्द्रिय सदस्य पौडेलले सदस्यता वितरण गर्दै स्वागत गरेका थिए ।

कार्यक्रममा नेका जिल्ला सभापति नरेन्द्र सिंह थापा, उपसभापति चतुर बहादुर चन्द,पाटन, नगरपालिका मेयर केशव बहादुर चन्द्र ,विद्यार्थी नेताहरु बलदेव तिमल्सिना ,सुशील भट्ट महिला संघ जिल्ला अध्यक्ष देबु ढकुन्ना लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?