राष्ट्रिय फुटबल टिम कुवेत प्रस्थान,को-को छन् नेपाली टिममा ?

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको अवे खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम कुवेततर्फ प्रस्थान गरेका छन् ।

कुवेतसँग खेल्ने २३ खेलाडीसहित नेपाली टिम आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।विश्वकपको छनोट अन्तर्गत नेपालले भदौ १९ गते बिहिबार कुवेतसँग खेल्नेछ ।

यस्तै नेपालले दोस्रो खेलमा चाइनिज ताइपेसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ । एन्फाले बिहिबार कुवेत र चाइनिज ताइपेसँग खेल्ने २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

को-को छन् नेपाली टिममा ?

गोलकिपर: किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर: सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर: रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई

फरवार्ड: विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?