कार्यालय समयमा मोवाईल नचलाउनू: मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल नचलाउने निर्देशन दिनुभएको छ ।

मन्त्री भट्टराईले कार्यालय समयमा फेसबुक चलाएर बस्ने निदाउने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न विमानस्थल नेतृत्वलाई निर्देशन दिनुभएको छ ।

मुलुकको इज्जत विमानस्थलसँग जोडिएकाले कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने मन्त्रीभट्टराई बताउनुभएको छ । विमानस्थलका अनुशासन नमान्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसी टिभी क्यामेराको थप व्यवस्था गर्ने उहाँले बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी समेत मन्त्री भट्टराईले दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?