एटीएम ह्याक भएपछि राष्ट्र बैङ्कले बोलायो आकस्मिक बैठक

काठमाडौं । राष्ट्र बैङ्कले बैङ्कर्सहरुलाई आकस्मिक बैठकमा बोलाएको छ । नक्कली भिसा कार्डबाट रकम निकालेको भेटिएपछि बैङ्कले आकस्मिक बैठक बोलाएको हो ।
राष्ट्र बैङ्कका अनुसार नक्कली एटीएम कार्डबाट पैसा निकालेको थाहा पाएपछि सो बारे बुझ्न बैठक बोलाइएको हो ।

राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीका अनुसार बैठक अबको दुई घण्टापछि बस्दै छ ।

बैङ्कको एटीएमबाट अनाधिकृतरुपमा रकम झिकिएको खबर बाहिररिएपछि अधिकांश बैङ्कहरुको एटीएममा समस्या देखिएको छ ।

परिसरले शनिवार साँझ दरबारमार्ग स्थित एक होटलबाट ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेका थियो ।

पक्राउ परेका उनीहरुको साथबाट एक करोड २६ लाख नेपाली रुपैयाँ नगद र १० हजार युएस डलर समेत बरामद भएको थियो ।

बैङ्कहरुले भने ह्याक प्रकरणले भन्दा पनि गेट वे सर्भरमा समस्या आएपछि एक दिन अर्थात् २४ घण्टाका लागि सम्पूर्ण एटीएम डाउन हुन सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?