धादिङमा जीप दुर्घटना हुँदा १३ घाइते, २ जनाको अवस्था गम्भीर

काठमाडौं | धादिङमा बोलेरो जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दुर्घटनामा २ जनाको अवस्था गम्भीर रहेको छ । खरीबाट धादिङबेशीतर्फ आउँदै गरेको ग १ ज ५४३१ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो ।

धादिङ ज्वालामुखी-५ खरीका ३१ वर्षीय रामबहादुर दुवाडी र सोही स्थानका ६५ वर्षीय काली गुरुङको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाण्डौस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ | अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ | घाइते हुने सबै धादिङ ज्वालामुखी-५ खरीका स्थानीय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?