एजेन्सी । संसदीय कार्यवाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टी जनाउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसन विरुद्ध शनिबार देशभरी प्रदर्शन भएका छन् ।
राजधानी लण्डनसहित देशका दर्जनौं सहरमा हजारौं प्रदर्शनकारी भेला भएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रदर्शनकारीहरुले ‘संसद निलम्बन फिर्ता गर,’ ‘लोकतन्त्रको रक्षा गर,’ जस्ता नारा लेखिएका घरमै निर्मित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागी बेलायती छायाँ अर्थमन्त्री जोन म्याकडोनेलले संसद निलम्बन गर्नुलाई लोकतन्त्र मास्ने प्रयासको संज्ञा दिनुभयो । संसद निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको आग्रहप्रति बेलायती महारानी एलिजावेथ द्वीतीयले चासो राख्नु भएको थियो ।
प्रधानमन्त्रीको सो निर्णयप्रति सत्तापक्षका सांसदले पनि विरोध जनाएका छन् । प्रधानमन्त्री जोनसनले भने आफ्नो निर्णय सही भएको दाबी गर्दै आउनु भएको छ । उहाँले गत बुधबार आउँदो अक्टोबर १४ तारिखसम्मका लागि संसद निलम्बनका लागि महारानी एलिजावेथ समक्ष पेश गर्नुभएको थियो ।
निलम्बनले आगामी अक्टोबर ३१ तारिखमा बिनाकुनै सम्झौता युरोपेली संघ ९इयु०बाट बेलायत बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानुनहरू पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ ।
तर उहाँले भने ब्रेजिक्टका बारेमा छलफल गर्न दुवै पक्षका सांसदहरुलाई पर्याप्त समय पुग्ने दाबी पनि गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया