एटिएम ह्याक गर्ने चिनियाँ नागरिक सार्वजनिक, योजनावद्ध ढंगले ४ दिनका लागि मात्र काठमाडौँ आएको खुलासा

काठमाडौँ । नेपाली एटिएम ह्याक गरेर रकम चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन विन विन, झु लियाङ आङ, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ रहेका छन् ।

गत भदौ १३ गते शुक्रबार मात्र त्रिभुवन विमानस्थलबाट नेपाल प्रवेश गरेका उनीहरु भदौ १६ गते सोमबार फर्कने योजनामा रहेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

एटिएमबाट एकै पटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेको र विदेशी नागरिकको शंकास्पद गतिविधि देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले दरबारमार्गस्थित एटिएमबाट रकम निकाल्दै गर्दा सुरुमा एकजनालाई पक्राउ गरेको र त्यसपछि उनको बयानका आधारमा अरु चारजनालाई होटलबाट पक्राउ गरेको थियो ।

होटलमा बसेका चारजना प्रहरी देख्नेबित्तिकै भाग्न खोजे पनि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोसः

ह्याकरको निशानामा नेपाली बैंक, राष्ट्र बैंक भन्छः नागरिकको खातामा कुनै असर पर्दैन
एटीएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिक पक्राउ
नेपाली एटीएम सिस्टम कसले गर्यो ह्याक ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?