जब अवतरण गर्ने क्रममा कतार एयरवेजको विमानमा चरा ठाेक्कियो !

काठमाडौं । काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार कतार एयरवेजको जहाजमा चरा ठोक्किएको छ ।

आइतबार मध्यान्ह कतारबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार घटनापछि कतार एयरवेजको क्युआर ६४५ जहाजलाई ग्राउण्डेड गरिएकाे छ ।

अवतरण गर्ने क्रममा एउटा इञ्जिनमा ‘बर्ड स्ट्राइक’ भएपछि विमानलाई ग्राउण्डेड गरिएको हो । विमानमा के कति क्षति भएकाे भन्ने बारे जानकारी नभइसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?