काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले विश्वविद्यालयका पदाधिकारी नियुक्तीमा हुने दलीय भागबण्डालाई रोक्न खबरदारी र्याली निकालेको छ ।
राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ती गर्ने परम्पराले विश्वविद्यालयहरुको शैक्षिक वातावरण धमिलिएको र व्यापारिक अखडामा रुपान्तरण भएको भन्दै नेविसंघले खबरदारी र्यालीको निकालेको हो ।
विद्यार्थीहरुले माईतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म ‘हाम्रो शिक्षा हाम्रो देश, भागबण्डामुक्त शैक्षिक परिवेश’ भन्ने नारा लगाउँदै र्याली निकालेका थिए । खबरदारी र्याली आयोजनाको संयोजन नेविसंघ नेता नवराज त्रिपाठीले गरेका थिए । र्यालीपछि नयाँ बानेश्वरमा कोणसभा आयोजना गरिएको थियो ।
र्यालीमा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले, नेबिसंघका निवर्तमान उपसभापति रामप्रसाद अधिकारी, नवराज त्रिपाठी, युवराज पाण्डे, मनिष सिम्खडा, निरञ्जन थापा, गोपि सिवाकोटी, बिपिन अधिकारी, निमा गिरि, रत्नहरि ढुंगेल, शैलेन्द्र शर्मा, सुदिप शर्मा, हरि आचार्य, लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया