अमेजन जंगलका ८ रोचक तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ


एजेन्सी । ७० लाख वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको अमेजोन जंगलमा विशाल आगोलागी भएको केहि साता बितिसकेको छ । आगलागीका कारण हजारौं हेक्टर जंगल र लाखौं चराचुरुंगी तथा जनावर डढेर मरेका छन् ।

अमेजोन जंगलमा २ हजार ५०० भन्दा बढी क्षेत्रमा आगलागी भइरहेको छ । आगो नियन्त्रणमा उपयुक्त कदम नचालेको भन्दै ब्राजिलका राष्ट्रपति आलोचित बन्दै आएका छन् । फ्रान्स र आयरल्यान्डले आगो नियन्त्रणमा आवश्यक पहल नगरेका भन्दै ब्राजिलका राष्ट्रपतिलाई दक्षिण अमेरीकी राष्ट्रसँग व्यापार सम्झौता रद्द गर्ने चेतावनी दिएका थिए ।

चौतर्फी दबाबका कारण ब्राजिल आगो नियन्त्रणमा सेना परीचालन गरेको थियो । धेरैलाई थााहानहुन सक्छ अमेजोनको ठुलो क्षेत्रफल ब्राजिलमा पर्छ । किन अमेजोनको यति धेरै महत्वो छ ? सारा विश्वको ध्यान किन अमेजोनको आगोमा पर्यो ? के छ अमेजोनमा त्यस्तो ?

अमेजोन जंगलको १० रोचक तथ्यहरु :

  • विश्वोको कुल वर्षावन (रेनफरेस्ट)को आधा भुभाग अमेजोनले धानेको छ । झन्डै नेपाल जस्ता ४८ देशका भुभाग बराबरको अमेजोन जंगल रहेको छ । अमेजोन जंगल ल्याटिन अमेरीकाको ९ वोटा देशसम्म फैलिएको छ ।
  • अमेजनको जंगलले अफ्रिकाको विशाल साहारा मरुभूमिबाट विशाल खनिज पदार्थ सोस्ने गरेको छ । पूर्वबाट पश्चिमतर्फ बहने हावाका कारण ब्राजिलभन्दा ठिक पूर्वमा रहेको संसारकै सबैभन्दा ठूलो साहारा मरुभूमिबाट आउने उड्ने बलौटे माटो र खनिज पदार्थ सीधै अमेजनको जंगलमा पुग्ने गरेको छ । यसबाट अमेजनको जंगललाई आवश्यक पोषक पदार्थ उपलब्ध हुने गरेको छ । एक तथ्यांक अनुसार साहारा मरुभूमिको ५६ प्रतिशत धुलो अमेजन जंगलले सोस्ने गरेको छ । जंगलले धुलोबाट बिरुवालाई आवश्यक पर्ने फस्फोरस उपलब्ध हुन्छ । नासाको अध्ययन अनुसार हरेक वर्ष १ सय ८२ टन धुलो २ हजार ६ सय किलोमिटर दूरी पार गरी अमेजनले साहाराबाट ग्रहण गर्ने गरेको छ ।
  • अमेजोन नदी विश्वकै सबैभन्दा ठुलो नदी हो ।अमेजोन नदीको श्रोत अमेजोन जंगल हो ।
  • विश्वोलाई आवश्यक पर्ने २० प्रतिशत अक्सिजन अमेजोन जंगलले उत्पादन गर्छ ।
  • अमेजोन जंगलमा ५० भन्दा बढी आदिवासीहरुको बसोबास रहेको छ ।
  • अमेजोन जंगलमा जैविक विविधता रहेको छ । अमेजोन जंगलमा विश्वका १० प्रतिशत वन्यजन्तु र २० प्रजातिका चराचुरुङ्गी पाइन्छन ।
  • अमेजोनको जंगल क्षेत्र अधिकांश रुपमा अन्धकार हुन्छ । अत्यान्त बाक्लो भएका कारण त्याहाँ अध्यारो हुन्छ ।
  • तीन या चार डिग्री तापक्रम बृद्धि हुँदा याहाँको ७५ प्रतिशत जंगल जलेर नष्ट हुने विश्वास गरिन्छ । वैज्ञानिकहरुका अनुसार अबको १सय वर्ष भित्र अमेजोन पूर्ण रुपमा जलेर नष्ट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?