जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-८ वोडेस्थित सोम मगरको घरमा जुवातास खेलिरहेको अवस्था सोही ठाउँ बस्ने ३४ वर्षीय टंक मगर सहित ४ जनालाई ३ बुक तास र नगद ३४ हजार ५ सय ७५ रुपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?